Logo

२०८३, कार्तिक २७गते


images
images

श्रीलङ्काबाट भागेका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी 'ग्रीन कार्ड'का लागि आवदेन

श्रीलङ्काबाट भागेका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी 'ग्रीन कार्ड'का लागि आवदेन

images
  • सेतोमसी सहकर्मी
  • श्रीलङ्काबाट भागेका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी 'ग्रीन कार्ड'का लागि आवदेन
    images

    श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी 'ग्रीन कार्ड'का लागि आवेदन दिएका छन् । गएकाे जुलाईमा देशमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भागेका गोटाबायले स्थायी रुपमा अमेरिका बस्ने गरी आवेदन फाराम भरेको जनाइएको छ । 

    images
    images
    images

    उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ । 

    images
    images
    images

    श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको  जानकारी दिएका छन् । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिने विरातुङ्गाले थाइल्यान्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि उल्लेख गरेका छन् । पहिला उनले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाएका थिए ।

    images
    images

    तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएकाे महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख छ । 

    उनहरूको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् ।  

    देशमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक प्रदर्शनमा निस्किएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नुपरेको हो । उनी सुरुमा म्यानमार गए । त्यसपछि थाइल्यान्ड हुदै सिङ्गापुर पुगेका थिए । 

    उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् । - एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोटाबाय राजापाक्ष
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।