Logo

२०८३, आश्विन ११गते


images
images

मधेशी आयोगद्वारा तिन छट्ठी पर्वको शुभकामना

मधेशी आयोगद्वारा तिन छट्ठी पर्वको शुभकामना

images
  • सेतोमसी सहकर्मी
  • मधेशी आयोगद्वारा तिन छट्ठी पर्वको शुभकामना
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । मधेशी आयोगले भाद्र कृष्णपक्ष  ललही तिथिमा पश्चिम तराईको मधेशी महिलाहरु ले मनाउने तिन-छट्ठी पर्वको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै  शुभकामना ब्यक्त गरेको छ | यस्ता महत्वपूर्ण पर्वलाई सु-व्यवस्थित तरिकाले मनाउन ब्रातालूहरु लाई सहयोग गरिदिनु हुन सम्पूर्ण सरोकारवाला निकायहरु संग शुभकामना सन्देश मार्फ़त मधेशी आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले आग्रह गरेका छन् ।

    images
    images
    images

    -यस पर्वमा घाँसे  कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिन्छ। 
    ब्रत बस्ने आमाहरुले बिहान देखी गौधुली साँझसम्म निराजल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसंग खाने गर्छन ।

    images
    images
    images

    तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।

    images
    images
    images

    व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेशी आयोग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।