पाेखरा । तिज र लामाचौर एक अर्काका पर्यायवाची नाम हुन भन्दा फरक पर्दैन । पाेखरा महसनगरपालिका वडा न १९ र १६ काे दाेसाँध लामाचौेरमा लाग्ने तीज महाेत्सव देशकै सबैभन्दा ठुलाे तिजमेला हाे ।
चेलीलाई माईती विर्साउने गरि स्थानीय नवआदर्श सामुदायिक विकास समाजले यहाँ आयाेजना गर्ने तिज महाेत्सवका नजारा भव्य हुने गरेकाे छ ।
काेभिडका कारण दुईवर्ष हुन नपाएकाे तिज महाेत्सव याे वर्ष हुन लागेकाे आयाेजक संस्था नव आदर्श सामुदायिक विकास समाजका पुर्व अध्यक्ष सन्जय अधिकारीले जानकारी दिए ।
भदौ १२ गतेदेखि पोखराको लामाचौरमा ‘लामाचौर तीज महोत्सव–२०७९’काे तयारी यतिबेला तिब परिएकाे छ ।
मौलिक संस्कृतिको जगेर्ना का साथै कला र प्रतिभाको सम्मान गर्ने महोत्सवको मुल उद्देश्य रहेको नव आदर्श सामुदायिक विकास समाजकी अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं, कला र प्रतिभाको सम्मानमा जुटौं भन्ने उद्देश्यका साथ २४ औं संस्करणको लामाचौर तीज महोत्सव सँगै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता पनि हुनेछ ।
तीज गीत अहिलेको परिप्रेक्ष्यमा उत्ताउलो हुँदै गएको हुँदा त्यस्तो विकृतिलाई हटाउन अन्तर महिला समूह तीज गीत प्रतियोगितामा भाग लिने टिमलाई मौलिक परम्परालाई समेट्ने गरी आफ्नो प्रस्तुती राख्नुपर्ने बताइएको आयोजक संस्थाकी अध्यक्ष अधिकारीले बताइन् ।
यस महोत्सवमा ११ गते बाट राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिाता, १३ गते विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र १४ गते समापन कार्यक्रमको तयारी तिब्र गतिमा भइरहेको उनले बताइन् । महोत्सवमा प्रदेश स्तरीय सितिरियो कराँते, ख्यातीप्राप्त कलाकारहरुबाट मनोरञ्जनात्मक प्रस्तुती, झाँकी प्रदर्शन, बाल उद्यान समेत रहने उनको भनाई थियो ।
उनका अनुसार महोत्सवमा सम्झना लामिछाने मगर, शीला आले, भागिरथ चलाउने रामजी पौडेल, दीपक खड्का, नविना सुवेदी, लक्ष्मी परियारलगायतका कलाकारको प्रस्तुती रहनेछ ।
महोत्सवको आम्दानीबाट संस्थाले विभिन्न सामाजिक कार्य, एम्बुलेन्स तथा सब वाहन सेवा, वृद्धहरुलाई दिवा सेवा आश्रम चलाइरहेको कुरा पनि अध्यक्ष अधिकारीले बताइन् । साथै विगतमा जस्तै यस पटकको महोत्सवमा पनि साथ र सहयोग गरिदिन आग्रह उनले गरिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology