टोकियो । गुल्मेली समाज जापानकाे बैठक आज आइतवार जापानको टाेकियाेमा सम्पन्न भएकाे छ । समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले यहि अगष्ट २९ तारिक अर्थात आउदाे भाद्र १३ गते हरितालिका तिजकाे अवसरमा सम्पुर्ण गुल्मेली चेलीहरुलाई माईतीको आगनमा छमछमी नचाउने लक्ष्य सहित जापानकाे टाेकियाे स्थित नाकानो जेरो हलमा जापानी समय अनुसार १२ बजे देखी सञ्चालन गर्ने निणय गरेकाे समाजका प्रबक्ता दिलिप थापाले जानकारी दिए ।
गुल्मीबाट हाल जापानका विभिन्न स्थानमा राेजगारीकाे शिलशिलामा जापानमा बिभिन्न पेशा व्यवसाय रोज़गारी / अध्ययन तथा अन्य रुपमा रहेका सम्पूर्ण गुल्मीबासीहरूलाई कार्यक्रममा उपस्थित भैदिनु हुन समाजले आग्रह गरेको छ ।
गुल्मेली समाज जापान आयाेजक रहेको उक्त कार्यक्रममा गुल्मी जिल्लामा रहेका बिभिन्न संघ सँस्थाहरुले सहकार्य गर्दै कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन ।
यसरी प्रतिबद्धता ज़ाहेर गर्ने संस्थाहरुमा गुल्मेली समाज जापान कान्तो क्षत्रिय कमिटी, गुल्मेली समाज जापान चुबु क्षेत्रिय कमिटी, वामी सेबा समिति जापान,रुपाकोट समाज जापान, अर्लाङकोट समाज जापान, वडागाउँ समाज जापान, कुर्घा समाज जापान,आँपचौर समाज जापान, दिव्रुङ समाज जापान, पौंदी सेवा समाज जापान, वामी नमुना समाज जापान,
अर्याल समाज जापान, कालीगण्डकी समाज जापान सहितका १३ वटा संस्थाहरु सह आयोजक रहेका छन् ।
गुल्मेली समाज जापानको इतिहासमा जिल्ला भित्रका सबै संघ सँस्थाहरुले यसरी ऎक्यबद्दता जाहेर गरि कार्यक्रम सफल बनाउनको लागि महत्वपूर्ण निर्णय भएकोमा सबैमा धन्यबाद प्रकट गर्दै यस निर्णयबाट आफु कार्यक्रम सफल हुनेमा बिश्वस्त भएको समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology