Logo

२०८३, आश्विन ११गते


images
images

बालेनलाई योगेशको प्रस्ताव- 'काठमाडौंको फोहोर व्यवस्थापन गर्न एमालेसँग आउनुस्'

बालेनलाई योगेशको प्रस्ताव- 'काठमाडौंको फोहोर व्यवस्थापन गर्न एमालेसँग आउनुस्'

images
  • बालेनलाई योगेशको प्रस्ताव- 'काठमाडौंको फोहोर व्यवस्थापन गर्न एमालेसँग आउनुस्'
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र साहालाई प्रस्ताव गरेका छन् ।  

    images
    images
    images

    आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरे । 

    images
    images
    images

    उनले काठमाडौंको फोहोर उठ्न छाडेको आज ७१ दिन पुगेको भन्दै फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरेको बताए ।  ‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला, हैजा लगायतले काठमाडौ डुङडुङती गन्हाउने अवस्था भएको छ’, भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्दैन, सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहान्नँ ।’ 

    images
    images
    images

    नेता भट्टराईले भने, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । साँस्कृतिक सहर काठमाडौंको रक्षा गरौं,धन्यवाद ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।