काठमाडौं । ग्रीन टायर्स प्रालिले हाते र कृषिमा प्रयोग हुने ट्याक्टरका लागि थप ६ आकारका टायरको उत्पादन सुरू गरेको छ । ट्याक्टरमा प्रयोग हुने सबै प्रकारका टायर नेपालमै उत्पादन गर्ने उद्देश्यले कम्पनीले टायर उत्पादन सुरू गरेको हो।
६ आकारका टायर थपिएसँगै अब कम्पनीसँग ११ आकारका ट्याक्टरका टायर हुनेछन्। यस अघि कम्पनीले पाँच आकारका टायर उत्पादन गर्दै आएको थियो।
कम्पनीले यी टायर बिक्री गर्नका लागि छुट्टै डिलरसिपको पनि आह्वान गरेको छ। यस अघि कम्पनीले पुरानै वितरकमार्फत बिक्री वितरण गर्दै आएको थियो।
यी टायरहरूमा बढी ट्रेक्सन र ग्रीप रहेको छ साथै बढी एनएसडी पनि छ। यी टायरको खरिदमा ग्राहकले पम्चर रेसिस्टेन्ट प्याच पाउने छन्।
विस्तारै हेबि इक्युपमेन्ट, ट्रक टायर लगायत सबै प्रकारका टायर उत्पादन गर्ने कम्पनीको योजना छ। ४० करोड लगानीमा स्थापित यस उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख टायर छ। यसले तीन सय जनाभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology