बुटवल । बुटवल लेडी जेसीजले बुटवलमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तर्गत पांचौ दिनमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम भएको हो ।
बुटवल लेडी जेसी बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साईन रेसुंगा डेभलपमेन्ट बैंकका चिफ अपरेटिङ हेड नम्रता थापाले अहिलेको समयमा बित्तिय साक्षरता बिना मानिस साक्षर बन्नै नसक्ने बताए । बैंक तथा बित्तिय संस्थामा सहि ढंगले कारोबार गर्न बित्तिय साक्षरता आवश्यक रहने उनको भनाइ थियो ।
कार्यक्रममा मातृशाखा बुटवल अध्यक्ष चन्द्रमणि भूषाल, नेपाल जेसीज(२०२२ का कार्यसमिती सल्लाहकार सिनेटर राधिका पोखरेल, नेपाल जेसीज काउन्सीलर्स एकेडेमी चेयर राजीव गौतम, पूर्व अध्यक्ष ज्ञानधरा पन्त, सिनेटर मन्जु भूषाल लगायतले समय सापेक्ष प्रौढ, गृहिणी, कामकाजी महिलाहरुमा वित्तिय साक्षरता अभिमुखिकरण तालिम प्रदान गरेकोमा धन्यबाद दिएका थिए ।
कार्यक्रम रूपा श्रेष्ठको संयोजन, जमुना श्रेष्ठको आस्थापाठ र महासचिव संगिता ढकालको संचालनमा भएको थियो ।
सो अबसरमा साईन रेसुंगा डेभलपमेन्ट बैंकका डिजिटल बैँकिङ अफिसर नारायण न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नविन टोल बिकास संस्थाका अध्यक्ष बिष्णु थापा लगायतले भोगेका बैंकिङ समस्या समेत राखेका थिए ।
कार्यक्रममा बिभिन्न टोलबिकास संस्थाका पदाधिकारी, सदस्य तथा सरोकारवाला महिला लगायत १२० जनाको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology