देवदह । रुपन्देहीको देवदह ८ विशालनगरमा बुद्धमूर्ति अनावरण गरिएको छ। लुम्बिनी बौद्ध बिश्वविद्यालय, विकास अध्ययन तथा प्रायोगिक बिज्ञान संकाय तथा देवदह नगरपालिका वडा नं. ८ को सहकार्यमा स्थापना गरिएको बुद्ध प्रतिमा अनावरण गरिएको हो ।
सोवारिग्पा अन्तर्राष्ट्रिय कलेजका प्राचार्य डा. ङीमा छिरिङ नेपालीको सौजन्यमा तयार पारिएको बुद्ध मूर्ति संघीय सांसद छबिलाल विश्वकर्मा, प्रदेश सांसद डा. कृष्ण न्यौपाने, विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, नगर प्रमुख धुब्र प्रसाद खरेल, नगर प्रबक्ता गणेश डुम्रे लगायत जनप्रतिनिधी, संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थितिमा अनावरण गरिएको हो ।
कार्यक्रम देवदह नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि पाण्डेको अध्यक्षता विश्व विद्यालयका डिन उकेशराज भुजुको धन्यवाद ज्ञापन र मित्र बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology