काठमाडौं । आउँदो मंसिर महिनामा हुने
प्रतिनिधिसभा सदस्यका लागि संघिय निर्वाचनमा देश बनाउनका निम्ति भन्दै धेरैं पार्टी भिड्ने माहोल पछिल्लो समय देख्न पाइन्छ। यसै बिचमा आफ्नो प्रफुल्लता देखाउँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका
प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा आफूले जुम्लाबाट लड्ने घोषणा गरेका छन्। र आफूले सफलता समेत हात पार्ने दाबी गरेका छन्। मंगलबार ललितपुरको सातदोबाटो स्थित "ज्ञानेन्द्र शाही जिताऔं अभियान"को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा पार्टी प्रवक्ता शाहीले आफूले ३१८६८ मत ल्याएर विजयी हुने दाबी गरेका हुन्।
'जुम्ला धेरैं नै पछाडि परेको छ। त्यहाँ सायदै धेरैको आँखा पर्दैन। भोट माग्ने बेलामा मात्र खोक्रा भाषण गरेर चुनाव जित्दै आएका प्रतिनिधिले समेत जुम्लामा कुनै काम गरेको देखिदैन। जुम्लामा अनुसन्धाननै गरेर त्यहाँको अवस्थाको बारेमा डाटा समेत तयार पारेको शाहीले बताए। बोल्ने क्रममा उनले भने ' हामीले युवाहरुलाई प्रतिनिधित्व गराउने छौ।
'जुम्लामा ७४ हजार भोट छ, हाम्रो डाटाले बताए अनुसार हामी अहिलेको निर्वाचन पूर्ण रूपले हामीनै जित्छौ' उनले भने। साथै जुम्लाबाट ७० प्रतिशत भोट आफ्नो पार्टीलाई खसले समेत दाबी गरेका छन्।
हामी जित्छौ नै भनेर धेरै घमण्ड पनि गर्दैनौ। म जुम्लाबाट जिते पनि गरेपनि मलाई कुनै घमण्ड भने हुने छैन। हामी देश बनाउने दौडाहामा छौ, खोक्रो भइसकेको देशलाई फेरि उकास्नका लागि हामी यो लड़ाई लडिरहेका छौ, शाहीले भने
जुम्लाका आम जनताको आशा र भरोसा लाई हामीले तोड्यौ भने उनीहरूका आँसुले हामीलाई दुःख दिने छ, हामी उनीहरूकै लागि अहिले लडिरहेका हौं। पहिले जुम्लाका जनताले जिताउनमात्र अनि हामीले जुम्लाका जनताको आर्थिक जीवन उकास्नका निम्ति धेरैं बाटाहरू ल्याउने छौ, भन्दै अबको निर्वाचनको महत्व धेरैं नै रहेको शाही बताउँछन्। हाम्रो उम्मेवारी कुनै पार्टी विरुद्ध नभई सिंगो जुम्लाको समृद्धि, अर्थतन्त्र उकास्नका निम्ति रहेको शाहीले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology