Logo

२०८३, आश्विन ११गते


images
images

वाइसियल नेपाल द्वारा युवा संघका दुई केन्द्रिय सदस्यलाइ कारवाहिको माग

वाइसियल नेपाल द्वारा युवा संघका दुई केन्द्रिय सदस्यलाइ कारवाहिको माग

images
  • वाइसियल नेपाल द्वारा युवा संघका दुई केन्द्रिय सदस्यलाइ कारवाहिको माग
    images
    images

    बुटवल । योङ कम्यूनिष्ट लिग नेपाल लुम्बिनी प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य हिरा बुढाथोकी र वाइसिएल नेपाल रुपन्देही जिल्ला नेता  विजय थापालाई कुटपिट गर्नेलाई कारवाहीको माग गरेको छ । वाइसिएल रुपन्देहीका अध्यक्ष केशव कुँवर र सचिव प्रकाश बहादुर कुमालले सोमबार एक विज्ञप्ती जारी गरि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशव रोका र मनोज थापाको नेतृत्वमा बुटबल सुख्खानगरमा रहेको एमाले पार्टी कार्यालयबाट ३५÷४० जनाको हतियारधारी युवाको समूहले ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार खुकुरी, तरवार, भाला, रडले प्रहार गरि गम्भिर घाईते बनाएको भन्दै कारवाहीको माग गरेका हुन् । 

    images
    images
    images

    बाइसिएलले घटना पश्चात् स्थानीय प्रशासनले कारवाहीको प्रकृया अगाडी नबढाएको, दोषीहरु खुल्लम खुल्ला हिडिरहेको भन्दै आपत्ती जनाएको छ । युवा संघकाले सुनियोजित रूपमा घटना घटाएको आरोप लगाउँदै बाइसिएल रुपन्देहीले घटनाप्रती घोर निन्दा र भर्सना गर्दछ विज्ञप्तीमा लेखिएको छ । दोषीलाई कारवाही नभए प्रतिउत्पादक हुने बाइसिएलले चेतावनी दिएको छ । बुटवल ११ होराइजनचौकमा अपरान्ह साँढे ४ बजेतिर युवासंघ र वाइसिएलका विच झडप भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।