Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवल लेडि जेसिजकाे लागु ओेेेैषध र आत्महत्या सम्बन्धि सचेतना 

बुटवल लेडि जेसिजकाे लागु ओेेेैषध र आत्महत्या सम्बन्धि सचेतना 

images
  • सेतोमसी सहकर्मी
  • बुटवल लेडि जेसिजकाे लागु ओेेेैषध र आत्महत्या सम्बन्धि सचेतना 
    images

    कृष्ण अन्जान, बुटवल । जेसिज अभियान सन्चालन गर्दै आईरहेकाे बुटवल लेडि जेसिस सप्ताहकाे दाेस्राे दिन लागु ओेैषध दुर्व्यसन र आत्महत्या सम्वन्धि सचेतना कार्यक्रमकाे आयाेजना गर्यो ।
    याेगिकुटीमा रहेकाे मणिमुकुन्द कलेजका स्नातक तहका विद्यार्थी माझ कार्यक्रम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक साेनम पाठकले जानकारी दिईन ।
        
    वर्तमान समयमा समाजलाई  अत्यन्तै आक्रान्त तुल्याउने गरि बढिरहेको विकृती लागूऔषध दुर्व्यसनी र युवा अवस्थामा विभिन्न कारणले मनोवल कमजोर पारी आत्महत्या गर्ने दर्दनाक अवस्था न्यूनीकरण गर्ने उद्धेश्यले  स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रमलाई बुटवल लेडि जेसिजले प्राथमिकतामा राखेकाे हाे ।

    images
    images
    images

     बुटवल लेडि जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठको  अध्यक्षतामा भएकाे  सचेतना कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय   अध्यक्ष गोबिन्द खनाल प्रमुख अतिथि रहेका थिए ।

    images
    images
    images

    सचेतना कार्यक्रममा   कलेजका प्राचार्य टुक बहादुर क्षेत्री विशिष्ट अतिथीकाे रुपमा रहेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी निरिक्षक  सन्तोष घिमिरेद्वारा सहजीकरण गरिएकाे कार्यक्रममा प्रशिक्षणका लागि  हवलदार पदम कुँवरले  सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
         
       
    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल, नेपाल जेसीजका  राधिका पोखरेल, रुपा पाण्डे, मीना क्षेत्री, लालहरी पाण्डे, आविष्कार खनाल लगायत कलेजका शिक्षकहरुकाे  उपस्थिती रहेको थियो।
          
    कार्यक्रमका मूल संयोजक प्रभा गौतमको स्वागत मन्तव्य, उपाध्यक्ष पुनम पन्थको आस्था वाचन, कार्यक्रम संयोजक सोनम पाठकको मिसन भिजन वाचन रहेको थियो।कार्यक्रममा संस्थापक अध्यक्ष रेखा कट्टेल  शुभकामना मन्तव्य रहेको थियो भने उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएतका वक्ताहरुले सामाजिक उत्तरदायित्वमा बुटवल लेडि जेसिजकाे याेगदानकाे चर्चा गरेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।