Logo

२०८३, आश्विन १०गते


images
images

गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

images
  • गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल
    images
    images

    काठमाण्डाै । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदाे चुनावमा तालमेल गर्नु संविधान विपरीत हुने बताएका छन्  । 

    images
    images
    images

    आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै नेता रावलले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए। यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने उनकाे भनाइ छ । 

    images
    images
    images

    उनले भन्नुभयो, ‘पाँच दलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको हामीले पाएका छौँ । यसरी आम चुनावमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ । नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरूले दलीय प्रतिस्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति प्रतिबद्धता गरेकाे कुरा अहिले स्मरण गर्नुपर्छ । त्यस कारण आउँदाे चुनावमा यस्तो खालको सिद्धान्तहीन, गन्तव्यहीन, आदर्शहीन, मूल्यहीन, मान्यताहीन राजनीतिको बाटो होइन आ–आफ्नो सिद्धान्त र नीतिमा राजनीतिक दल अगाडि बढ्नुपर्छ । उनीहरूले त्यो घोषणापत्रको आधारमा जनतासँग मत माग्नुपर्छ । जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो । यदि कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयमा समान धारणा भएका राजनीतिक दलहरूले मिलेर संयुक्त सरकार गठन गर्ने हो ।’

    images
    images
    images

    नेता रावलले नेकपा एमालेकाे समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरूलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।