Logo

२०८३, आश्विन ११गते


images
images

जापानले ५ हजार नेपाली कामदार लैजाने

जापानले ५ हजार नेपाली कामदार लैजाने

images
  • जापानले ५ हजार नेपाली कामदार लैजाने
    images
    images

    काठमाण्डौ । जापान सरकारले स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपालबाट श्रमिकहरू लैजान सक्ने विषयमा त्यहाँका रोजगारदातालाई जानकारी गरायका छन । नेपाल जापान संयुक्त कार्यसमितिको बिहीबार काठमाण्डौमा बसेको दोस्रो बैठकमा जापान सरकारले एसएसडब्लू प्रणाली अन्तरगत नेपालबाट कामदारहरू उपलब्ध हुन सक्ने कुराको जानकारी औपचारिक माध्यमबाट जापानका रोजगारदातालाई गराउने बताएका हुन ।

    images
    images
    images

    सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारी पत्र अनुसार जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणालीमार्फत नेपाली नागरिकलाई जापानमा रोजगारी दिने विषयमा संयुक्त कार्य समितिको बैठक काठमाण्डौमा बसेको हो ।

    images
    images
    images

    बैठकमा जापानको स्पेसिफाइड स्कील वर्कर(एसएसडब्लू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन सरकारले कार्यविधि बनाउने विषयमा पनि छलफल भएको छ ।  

    images
    images
    images

    यसका साथै बैठकमा नेपाल जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नु पर्ने भएमा त्यसको तयारी गर्ने, नेपालमा जापनिज भाषा र सीप परीक्षामा उत्तीर्ण भएर तयारी अवस्थामा रहेकाहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा र सहजीकरण गर्ने विषयमा पनि नेपाल र जापानबीच छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

    बैठक श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल,  वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सहभागी भएका थिय ।

    जापानकोतर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्य प्रतिनिधिले भौतिक रूपमा र जापानका सम्बद्ध निकायमा अन्य प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका थिए । नेपाल जापान संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना हुने मन्त्रालयले जनाएको छ । 

    संयुक्त कार्यसमितिको बैठकपछि जापानका सहायक उपमन्त्री चोतुमो नाकागावाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेट गरेका छन । श्रम मन्त्रालयमा भएको भेटमा भाषा परीक्षा पास भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ । 

    मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेको जानकारी गरायका छन । उनले उपमन्त्री चोतुमोलाई नेपाली श्रमिकलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नसमेत अनुरोध गरेका छन । 

    भेटमा उपमन्त्री चोतुमोले आजको बैठक नेपाली श्रमिक जापान लैजानका लागि सकारात्मक भएको बताएका छन । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले एसएसडब्लूमार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता छिटो होस् भन्ने आफूले चाहेको बताए ।

    चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने समेत उल्लेख गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।