Logo

२०८३, आश्विन ११गते


images
images

गठबन्धनले चुनाव जित्ने साइत हेराउँदै देउवा, मंसिर ४ गते उपयुक्त दिन हुने

गठबन्धनले चुनाव जित्ने साइत हेराउँदै देउवा, मंसिर ४ गते उपयुक्त दिन हुने

images
  • गठबन्धनले चुनाव जित्ने साइत हेराउँदै देउवा, मंसिर ४ गते उपयुक्त दिन हुने
    images
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।

    images
    images
    images

    मंसिर पहिलो साता निर्वाचनको लागि उपयुक्त रहेको ज्योतिष रिजालको भनाइ छ । ‘मंसिर १० शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला’, उनले भने, ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।’

    images
    images
    images

    मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।

    images
    images
    images

    ‘अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।