Logo

२०८३, आश्विन ९गते


images
images

अक्सफोर्डद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई एवं सम्मान

अक्सफोर्डद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई एवं सम्मान

images
  • अक्सफोर्डद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई एवं सम्मान
    images
    images

    बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले एसईई परिक्षा २०७८ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । एसईई परिक्षामा उत्तीर्ण अक्सफोर्डका १ सय ११ जना विद्यार्थीलाई आईतबार बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । 

    images
    images
    images

    अक्सफोर्डबाट एसईईमा सम्मिलित विद्यार्थी मध्य २ जनाले ४ जिपीए, ९ जनाले ३.६ देखि ३.९ जिपीए,  ५१ जनाले  ३.२ देखि ३.५५ जिपीए र  ४८ जनाले २.८५ देखि ३.१५ सम्म जिपीए ल्याएका विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको हो । 

    images
    images
    images

    एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गर्नु हुँदै राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अंकका आधारमा भन्दापनि रुची र दक्षताका आधारमा विषय छनोट गर्न सुझाव दिए । अरुको लहलहैमा र अभिभावकको दवावमा विद्यार्थीले विषय छनोट गर्नुभन्दापनि आफुले सक्ने र पढ्नलाई रुची भएका विषय छान्न सुझाव दिदै प्रमुख तिवारीले अभिभावकले आफ्ना बालबालिकालाई यो त्यो विषय अध्ययन गर्न भनि दवाव नदिन उनको आग्रह छ । 

    images
    images
    images

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, अभिभावक दुर्गा भुषाल, विद्यार्थी विलक्षण भुषाल लगायतले उच्च शिक्षाका लागि विद्यार्थीले आफ्नो रुची र क्षमताका आधारमा विषय छनोट गर्नु पर्नेमा जोड दिएक थिए । 

    विद्यालयका शिक्षक चिरञ्जीवि सापकोटाको संचालनमा भएको कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने मावि तहका शिक्षक÷कर्मचारीलाई सम्मान गरिएको थियो । 

    अक्सफोर्डबाट विलक्षण भुसाल र दिपेश भुसालले ४ जिपीए तथा प्रशन्न पन्थी, रिश्मा शर्मा र विजय खनालले ३ दशमलव ९५ जिपीए ल्याएर उत्कृष्ट अंक ल्याएको शिक्षक लक्ष्मण घिमिरेले बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।