Logo

२०८३, आश्विन ११गते


images
images

बराह सहकारीका बचतकर्ताद्वारा मेयर हर्क साङ्पाङको कार्यकक्षमा तोडफोड 

बराह सहकारीका बचतकर्ताद्वारा मेयर हर्क साङ्पाङको कार्यकक्षमा तोडफोड 

images
  • बराह सहकारीका बचतकर्ताद्वारा मेयर हर्क साङ्पाङको कार्यकक्षमा तोडफोड 
    images
    images

    धरान । बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङप्रति रुष्ट बनेका छन् ।   

    images
    images
    images

    छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले आइतबार मेयर विरुद्ध नाराबाजी गरेका थिए। उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका छन् ।  वार्तामा बसेका पीडितहरुको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिएपछि आक्रोशित पीडितहरुको समुह मेयरको कार्यकक्षमा पुगेका थिए ।  

    images
    images
    images

    पीडितहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन नगरे पछि साँझ ७ बजे सोमबार ११ बजे उपमहानगर घेराउ गर्ने उद्घोष गरेर पीडितहरु घर फर्केका थिए । 

    images
    images
    images

    थप अप्रिय घटना नहोस भनेर  जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ पनि घटनास्थल पुगेका थिए । 

    यस विषयमा मेयर हर्क साम्पाङले बराह सहकारीका पीडितहरुले काम गर्न नदिने गरि घेराउ गर्ने, नाराबाजी गर्ने र गालीगलौज पनि गर्न थालेपछि मैले पैसा राख्न भनेको हो ? भनेर प्रश्न गरेको प्रतिक्रिया दिएका छन् ।  

    उनले घटना लगतै फेसबुकमा विभिन्न समयमा घटनाबारे प्रतिक्रिया दिएका छन् ।  ‘आफुखुशी सहकारीमा नियम विपरित पैसा राखेर नगरसरकारलाई हेप्ने, अधिकृत स्तरका कर्मचारीलाई दैनिक हप्काउदैं तोडफोड गर्नेलाई पख् ’ भनेर उनले स्टाटस लेखेका छन् । उनले हर्क साम्पाङ ए रिभोलुसन पेजबाट आइतबारेको घटनाको भिडियोसमेत पोष्ट गदैं पीडितको पक्षमा उभिदा, छानबिन प्रक्रिया अगाडि बढाउँदै सबै प्रक्रिया विथोल्ने र मेरो कार्यालय तोडफोड गर्नेलाई के भन्नु हुन्छ ? अव पीडितले न्याय पाउँलान त ? भनेर प्रश्न गरेका छन् ।  

    उनले सोमबार विहान ७ः२५ मा लाइभमा आएर पीडितहरुलाई उक्साएर नगरपालिका घेराउ गर्ने, तोडफोड गर्ने काम निन्दनीय भएको बताएका छन् । उनले उक्त घटना राजनीतिक षड्यन्त्र भएको बताएका छन् । उनले आन्दोलनलाई उक्साउने, तोडफोड गर्ने समुह कुनै न कुनै दलका कार्यकर्ता भएको आरोपसमेत लगाए । उनले फेसबुकमा बराह पीडितलाई उचालेर तोडपलोडको अगुवाई गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनाताको करोडौं सलाम भनेर व्यङ्गयात्मक अभिव्यक्ति पनि दिएका छन् ।  

    उनले पीडितहरुलाई न्याय दिलाउनकै लागि छानबिन समिति गठन गरेर प्रदेश सहकारीबाट रजिष्ट्रारसमेत आएर आइतबार दिउँसो काम गरिरहदा घेराउ, नाराबाजी र गालीगलौज भएको बताएका छन् ।  

    बराह ग्रुपका सबै कम्पनी तथा फर्मको बैंक खाता रोक्का गर्ने निर्णय 
    बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । 

    कार्यदलको बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्नका लागि सोमबार पत्राचार गर्ने गरी निर्णय भएको उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । बराह कृषी तथा पशुपालन प्राली, बराह फेमेली किचन धरान, बराह मल्टीप्रपोज कम्पनी प्राली भेडेटार, बराहको नाममा रहेको बैक खाता लगायतको स्थिर सम्पत्ति, बराहको लगानी भएको हिसाबमा देखिएको सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई धरान उपमहानगरपालिकाले पत्राचार गर्ने निर्णय भएको हो । 

    कम्पनी रजिस्टारको प्रतिनिधि, संघीय सहकारीको प्रतिनिधि र धरान उपमहानगरपालिकाको प्रतिनिधि सहितको पाँच सदस्यीय कार्यदलले यस्तो निर्णय गरेको हो । सो समितिले धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६५ बमोजिम बराहको सबै सम्पत्ति रोक्का गर्ने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएकोले सोमबार सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

    बराह बचत तथा ऋण सहकारीले शेयर सदस्य बनाएर र गैर शेयर सदस्यबाट करिब ८ अर्ब रकम बचत कर्ताहरुलाई कुनै भुक्तानी नदिएपछि उपमहाननगरपालिकालाई प्रक्रियागत  रुपमा समस्या समाधानका लागि अघि बढाउन पीडित संघर्ष समिति बनाएर निवेदन दिएको संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बताएका छन् । तर उपमहानगरले ढिला सुस्ती गरिरहेको अवस्थामा आइतबार आक्रोशित पीडितहरुले उपमहानगरपालिका घेराउ गरेको उनले बताए । मेयर ज्युको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले पीडितहरुलाई आक्रोशित बनाउने काम भएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।