Logo

२०८३, आश्विन ११गते


images
images

बाणगंगामा लायन्स र लियोको संयुक्त बृक्षारोपण 

बाणगंगामा लायन्स र लियोको संयुक्त बृक्षारोपण 

images
  • बाणगंगामा लायन्स र लियोको संयुक्त बृक्षारोपण 
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालीका स्थित नन्दनगरमा रहेको श्री नन्दन बन कैलाश धाम तथा श्री मनकामना सस्कृत गुरुकुलमा लायन्स तथा लियो क्लवहरुले सयुक्त बृक्षारोपण गरेका छन । उनीहरुले नन्दन बनमा लायन्स गार्डेनको स्थापना गर्ने उद्धेश्य बमोजीम बृक्षारोपण गरिएको हो ।
     
    लाायन्स क्लव अफ बुटवल खस्यौली र उक्त क्लवको मातृत्वमा स्थापीत भएका लियो क्लवहरु लियो क्लव अफ बुटवल खस्यौली र लियो क्लव अफ बुटवल खस्यौली युथले सयुक्त रुपमा बृक्षारोपण गरेका हुन । 

    images
    images
    images

    क्लबले नन्दन बनमा लायन्स गार्डेनकको स्थापना गर्ने उद्धेश्य बमोजीम हरेक बर्ष सोही बन क्षेत्रमा नियमीत बृक्षारोपण गर्दै आएको लायन्स क्लव अफ बुटवल खस्यौलीका निर्वतमान अध्यक्ष बिष्णु उपााध्यायले जानकारी दिए । 

    images
    images
    images

    आश्रम परिषरमा रहेको वन क्षेत्रलाई व्यवस्थित गर्दै लायन्स गार्डेनको रुपमा बिकास गर्ने लायन्स क्लव अफ बुटवल खस्यौलीको दिर्घकालीन योजना बमोजिम यस बर्ष पनि सोही क्षेत्रमा बृक्षारोपण गरिएको क्लवका अध्यक्ष कमल देवकोटाले जानकारी दिए । उनले सो क्षेत्रमा विभिन्न प्रजातीको फलफुलका बिरुवाहरु रोपिएको बताएका छन । 

    images
    images
    images

    गत बर्ष सो वनमा रोपिएका बिरुवााहरु कैलाश आश्रममा संचालीत मनकामना सस्कृत गुरुकुलका विद्यार्थीहरुले समेत संरक्षण गरिदिने भएकोले आफुहरुले सो क्षेत्रलाई लायन्स गार्डेनको रुपमा बिकास गर्ने गरी हरेक पटक बृक्षारोपण सोही क्षेत्रमा गरीने उनको भनाई छ । 

    लायन्स अन्तराष्ट्रिय संचालन गर्ने  पाँच बिशेष परियोजना अन्र्तगत बृक्षारोपण कार्यक्रम गरिएको हो । लायन्स क्लव अफ बुटवल खस्यौलीका द्धितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेम प्रकाश श्रेष्ठको स्वागत सँगै सुरु भएको बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी लायन्स जिल्ला ३२५ पी का डिष्ट्रिक डेपुटी चिफ मुक्ति प्रसाद श्रेष्ठ, जोन २६ का जोन च्यरपर्सन दिपक श्रेष्ठ, क्लवका पुर्व अध्यक्षहरु ज्ञान बहादुर पुन, राजु पाण्डे, राजु पौडेल, गोपाल पाण्डे लगायतले बोल्दै एतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कपिलवस्तुको नन्दनगरमा संचालीत कैलाश धाम तथा नन्दन बन क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले सो क्षेत्रको बिकास तथा प्रचार प्रसार गर्नका लागी यस्तै विभिन्न कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिएका थिए । 

    क्लवका अध्यक्ष कमल देवकोटाको अध्यक्षता र सचिव अनिल पौडेलको संचालनमा कार्यक्रम भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।