Logo

२०८३, आश्विन ११गते


images
images

खोटाङ केन्द्रविन्दु भएर बिहान गएको भुकम्प ०७२ सालयता कै ठुलो, क्षतिको विवरण संकलन गरिदैँ

खोटाङ केन्द्रविन्दु भएर बिहान गएको भुकम्प ०७२ सालयता कै ठुलो, क्षतिको विवरण संकलन गरिदैँ

images
  • खोटाङ केन्द्रविन्दु भएर बिहान गएको भुकम्प ०७२ सालयता कै ठुलो, क्षतिको विवरण संकलन गरिदैँ
    images
    images

    काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गोरखा भूकम्पको परकम्प नभइ भूकम्प भएको नै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
    २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको समेत भूकम्प मापन केन्द्रले जनाएको छ  ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५, मात्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उनका अनुसार यो गोरखा भूकम्पको परकम्प नभइ भूकम्प हो ।

    images
    images
    images

    अहिलेसम्म क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त भएको छैन ।

    images
    images
    images


    प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले पनि हालसम्म क्षतिको विवरण नआएको बताए । उनका अनुसार कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।


    । तर भूकम्पले साकेला गाउँपालिकाको भवन चर्किनुबाहेक जिल्लामा अन्य भौतिक र मानवीय क्षतिको जानकारी अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी संचारमाध्यमलाई बताएका छन् ।


     त्यसैगरी भुकम्पले छिमेकी जिल्ला भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा भने एउटा घर चर्किएको छ । घर भत्किएर क्षति हुनसक्ने भएकोले स्थानीयवासीले उक्त घर भत्काइदिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    प्रहरीका अनुसार २०/३० वर्ष पुरानो उक्त घरमा अहिले मानिसहरू बस्दैन्थे । जिल्लामा अन्य क्षति भएको जानकारी नआएको प्रहरीको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।