गुल्मी । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) निकट पत्रकारहरूको संगठन जनपत्रकार सङ्गठन नेपाल गुल्मीको तेस्राे पुर्ण बैठकले दिपेन्द्र खत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
जिल्ला सदरमुकाम तम्घासमा बिहिवार बैठकले खत्रीलाई संयोजक चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा गुल्मी सेक्रेटरी 'सुमन', जनपत्रकार संगठन लुम्बिनी प्रदेश सह- सचिब 'बिहानी', ने.क.पा निकट अखिल (क्रान्तिकारी ) गुल्मी संयाेजक राज खड्का लगायतले बोल्दै 'दलाल पुँजीवादी सत्ताका सबै षड्यन्त्र, जालझेल र दमनलाई प्रतिरोध गर्दै सञ्चारकर्मीले देश र जनताका पक्षमा सूचना प्रवाह गर्नुपर्ने' मा जोड दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology