Logo

२०८३, मंसिर १०गते


images
images

कलिवुड

कस्तो छ चलचित्र ‘सिन्दुरे जात्रा' को ट्रेलर ?

कस्तो छ चलचित्र ‘सिन्दुरे जात्रा' को ट्रेलर ?

images
  • कस्तो छ चलचित्र ‘सिन्दुरे जात्रा' को ट्रेलर ?
    images

    काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले विहिबार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ । मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने ट्रेलरमा सुरुमा विजय र अञ्जनाको प्रेम, वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा देख्न देखिन्छ ।

    images
    images
    images

    प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने ट्रेलर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ । 

    images
    images

    ‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

    images

    मंसिर १८ गते रिलिज हुने चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

    सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

    दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

    ट्रेलर लिंक: https://www.youtube.com/watch?v=wyAn2hE5Fgw

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिन्दुरे जात्रा
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।