Logo

२०८३, श्रावण २७गते


images
images

पश्चिम नवलपरासी काेभिड १९ बिरुद्धकाे पुर्ण खाेप सुनिश्चितता भएको जिल्ला घाेषणा 

पश्चिम नवलपरासी काेभिड १९ बिरुद्धकाे पुर्ण खाेप सुनिश्चितता भएको जिल्ला घाेषणा 

images
  • सेतोमसी सहकर्मी
  • पश्चिम नवलपरासी काेभिड १९ बिरुद्धकाे पुर्ण खाेप सुनिश्चितता भएको जिल्ला घाेषणा 
    images
    images

    सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासी काेभिड १९ बिरुद्धकाे पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा आज एक कार्यक्रमका बिच सम्पन्न भएकाे छ । 

    images
    images
    images

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहीले आफ्नो जिल्लालाई पहिलाे काेभिड १९ बिरुद्धकाे पुर्ण खाेप सुनिश्चितता घाेषणा गर्न पाउदा खुसी व्यक्त गरे  ।
     
    स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीकाे आयाेजना तथा सातवटै पालिकाहरुकाे सहकार्यमा काेभिड १९ बिरुद्धकाे पुर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रम सम्पन्न भएकाे हाे । साथै लुम्बिनी प्रदेश सरकारले पनि यस बारे अनुमाेदन गरिसकेकाे जनाएको छ । 

    images
    images
    images

    जिल्लामा पहिलाे मात्रा ९९ प्रतिशत र दाेश्राे मात्रा ९७ प्रतिशतले काेभिड १९ बिरुद्धकाे खाेप लगाईसकेकाे स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जयसवाल, प्रमुख जिल्ला अधिकारी सर्वन कुमार पाेखरेल, जिल्ला समन्वय समिति प्रमुख भगवती यादव, रामग्राम नगरपालिकाका मेयर धनपत यादव,सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, सरावल गाउँपालिकाका अध्यक्ष सुखादी प्रसाद चाैधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रीपरिषद्
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।