Logo

२०८३, मंसिर १०गते


images
images

राजनीति

चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै

चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै

images
  • चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गरेको चीन भ्रमण सम्पन्न गरेको छ ।

    images
    images
    images

    पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डल नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमण गरी आज फर्कने भएको भ्रमणदलका सदस्य सांसद गणेश पराजुलीले जानकारी दिएका छन् ।

    images
    images

    भ्रमणका क्रममा प्रतिनिधिमण्डलले छेन्दु, हाङझाउ र बेइजिङका विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन गरेको थियो। साथै वेनचुआनमा भूकम्पपछिको पुनर्निर्माण तथा विपद्पछि बस्ती र जनजीवन पुनःस्थापनाका प्रयासबारे जानकारी लिएको थियो ।

    images

    भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेई र रास्वपा महामन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच उच्चस्तरीय राजनीतिक संवाद भएको थियो । 

    त्यस्तै, निजी क्षेत्रसँगको अन्तरक्रियामा नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउने र नेपालमा चिनियाँ लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो। युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि चर्चा भएको थियो ।

    भ्रमणबाट भएका छलफललाई सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रसँगको सहकार्यमा ठोस परिणाममा पुर्‍याउन पहल गर्ने पराजुलीले उल्लेख गरेका छन् ।

    भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चीन भ्रमण
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।