Logo

२०८३, मंसिर ७गते


images
images

उर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

उर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

images
  • उर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको हो । 

    images
    images

    प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    images

    अर्कोतर्फ प्रधानमन्त्री विदेश भम्रण जादा राष्ट्रपतिलाई जानकारी गराउने प्रचलन भने यस पटक तोडिएको छ । प्रधानमन्त्री शाहले पूर्व प्रधानमन्त्रीहरुसँग पनि कुनै छलफल गरेनन् भने राष्टपतिलाई समेत भेट नगरी भारत गएका छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उर्जामन्त्री
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।