काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता अनुमति लिएको हो । उनका छोरा दीक्षान्त बानियाँ पनि यसअघि नै सीआईबीको हिरासतमा छन् । उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो।
बानियाँ र उनका छोरामाथि बानियाँ निर्माण सेवा प्रालि, भूगर्भ सिमेन्ट कम्पनी र बानियाँ सप्लायर्स प्रालिका नाममा प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण लिएर तोकिएको प्रयोजनभन्दा फरक काममा खर्च गरेको आरोप छ ।
बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology