Logo

२०८३, मंसिर ७गते


images
images

समाचार

राष्ट्रिय खेलकुदले कर्णालीको भूगोल, संस्कृति र आर्थिक सम्भावना चिनाउने प्रधानमन्त्रीको विश्वास

राष्ट्रिय खेलकुदले कर्णालीको भूगोल, संस्कृति र आर्थिक सम्भावना चिनाउने प्रधानमन्त्रीको विश्वास

images
  • राष्ट्रिय खेलकुदले कर्णालीको भूगोल, संस्कृति र आर्थिक सम्भावना चिनाउने प्रधानमन्त्रीको विश्वास
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदसँगै कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको पहिचान र सम्भावना उजागर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका हुन् ।

    images
    images

    उनका अनुसार प्रतियोगितामा सहभागी हुने राष्ट्रियस्तरका ८ हजारभन्दा बढी खेलाडी, खेल अधिकारी तथा पदाधिकारीले कर्णालीका विभिन्न जिल्लामा प्रतिस्पर्धा गर्नेछन्। यसले खेलकुदका माध्यमबाट कर्णालीको प्राकृतिक भूगोल, मौलिक संस्कृति, ऐतिहासिक महत्त्व र आर्थिक सम्भावनालाई देशभर चिनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

    images

    प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउने बताएका छन् । उनले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न पनि आग्रह गरेका छन् ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।

    हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै आयोजना हुनुलाई प्रधानमन्त्री शाहले दुःखद पक्षका रूपमा उल्लेख गरेका छन् । उनले आगामी दिनमा प्रतियोगितालाई नियमित आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय खेलकुद
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।