काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत गोरुसिंगे-चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको छ ।
करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कुल १९.२ किलोमिटर लामो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ । आयोजनाअन्तर्गत दुई ठूला र छ साना पुल तथा ७२ वटा कल्भर्ट निर्माण गरिनेछ ।
त्यस्तै, पैदलयात्रीका लागि दुई वटा अन्डरपास र एउटा आकाशे पुल तथा सवारीसाधनका लागि एउटा अन्डरपास निर्माण गरिनेछ । सडक खण्डमा वन्यजन्तुमैत्री संरचनासमेत बनाइने सडक विभागले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology