Logo

२०८३, कार्तिक २७गते


images
images

मन्दिर मै पुगेर वडाध्यक्षहरुले पाँच वर्षसम्म गठबन्धन नतोड्ने 'कसम खाए'

मन्दिर मै पुगेर वडाध्यक्षहरुले पाँच वर्षसम्म गठबन्धन नतोड्ने 'कसम खाए'

images
  • मन्दिर मै पुगेर वडाध्यक्षहरुले पाँच वर्षसम्म गठबन्धन नतोड्ने 'कसम खाए'
    images

    सिरहा । सिरहा नगरपालिकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र काँग्रेसबाट जितेका वडाअध्यक्षहरूले सप्तरीको कंकालिनी मन्दिरमा गएर पाँच वर्षसम्म गठबन्धन नतोड्ने शपथ खाएका छन् ।

    images
    images
    images

    सप्तरीको प्रसिद्ध धार्मिकस्थल कंकालिनी मन्दिर प्राङ्गणमा सिरहा नगरपालिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवको अध्यक्षतामा गठबन्धन दलको बैठक बसेको थियो । सिरहा नगरपालिकामा जम्मा २२ वटा वडामध्ये १५ वटामा गठबन्धन दलहरुले अध्यक्ष पद जितेका छन् । नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ७, ९, ११, १५, १७, १८, १९, २०, २१, २२ को वडाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका छन् ।

    images
    images
    images

    नगरपालिकाको मेयरमा एमालेबाट डा.नविनकुमार यादव र उपमेयरमा एमालेकै बबिता कुमारी साह निर्वाचित भएका छन् । वडाहरूमा सत्ता गठबन्धनकै बहुमत छ । मेयर यादवले नगरपालिका आफ्नो तरिकाले चलाउन खोजेपछि सत्ता गठबन्धनका वडाअध्यक्षहरू एकीकृत भएका हुन् ।

    images
    images

    वडा नम्बर २२ का वडा अध्यक्ष जिवछ यादवले भने, ‘मेयरजी हामीलाई पेलेर जान खोज्नुभएको छ, जथाभावी अनियमित तरिकाले काम गर्न खोजेपछि हामी गठबन्धनमा रहेका दलहरु एकीकृत भएका हौं ।’ अब पाँच वर्षसम्म आफूहरुको एउटै आवाज, एउटै निर्णय रहने प्रतिवद्धता जनाउँदै उनले नगरपालिकाको विकासका लागि यसरी गठबन्धन दल एकजुट भएको बताए ।

    एक अर्कामाथि विश्वासको वातावरण बनाउन मन्दिरमै गएर कसम खाएको उनको भनाइ थियो । उनले भने, ‘हामीबीच गठबन्धन छँदै थियो, मन्दिरमै गएर कसम खाई प्रतिवद्ध भएपछि अझ विश्वास बढेको छ ।’

    मन्दिरकै प्राङ्गणमा वडाअध्यक्षहरूले केही निर्णय पनि गरेका छन् । ‘नगर कार्यपालिका र नगरसभामा प्रस्तुत हुन गठबन्धनलाई मजबुत पारी आगामी पाँच वर्षसम्म गठबन्धनलाई निरन्तरताका लागि कंकालिनीको प्राङ्गणमा शपथ लिई गठबन्धनलाई मजबुत पार्दै लैजाने निर्णय गिरियो,’ निर्णय पुस्तिकामा उल्लेख छ ।

    त्यस्तै, नगरपालिकामा देखिएको समस्यालाई वार्ताद्वारा समाधान गर्नका लागि वडाअध्यक्ष जिवछ यादवको संयोजकत्वमा नौ सदस्यीय समिति पनि गठन गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिरहा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।