परासी । नवलपरासीबाट अवैध रूपमा भन्सार छली ल्याइएका करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न मिति र स्थानमा गरेको चेकजाँचका क्रममा उक्त सामानहरू बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानहरूको कुल अन्दाजी मूल्य ९,०२,८१० रुपैयाँ रहेको छ। जसमा साल जातको काठको झ्याल-ढोकाको तयारी चौकोष, विभिन्न किसिमका लत्ताकपडा, पटका, जिउँदो बोइलर कुखुरा, रंगोलीका सामान, टिनको भकारी (ड्रम) तथा फुटकर किराना सामानहरू रहेका छन्।
बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology