Logo

२०८३, कार्तिक १९गते


images
images

ओहायोको गभर्नरमा रामास्वामी पराजित

ओहायोको गभर्नरमा रामास्वामी पराजित

images
  • ओहायोको गभर्नरमा रामास्वामी पराजित
    images
    images

    काठमाडौँ । अमेरिकी राज्य ओहायोको गभर्नर निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार एमी एक्टनको जित निश्चित देखिएपछि रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीले उनलाई बधाई दिएका छन् ।

    images
    images
    images

    आफ्नो पराजय स्वीकार गर्दै रामास्वामीले एक्टनको नेतृत्वमा ओहायो राज्यलाई एकताबद्ध बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले अब राज्यका सबै नागरिकले नयाँ नेतृत्वको सफलताका लागि साथ दिनुपर्ने उल्लेख गरे ।

    images
    images
    images

    उनले भने- 'यो देशभरका रिपब्लिकनहरूका लागि कठिन रात रह्यो। ओहायोमा पनि हाम्रा लागि चुनौतीपूर्ण रह्यो । निर्वाचन अभियानका क्रममा दुवै पक्षबाट कहिलेकाहीँ तिक्ततापूर्ण अवस्था सिर्जना भयो ।'

    images
    images
    images

    रामास्वामीले भोलिदेखि सबैले एक्टनको प्रशासन सफल होस् भन्ने कामना गर्नुपर्ने बताउँदै निर्वाचनको परिणाम जे भए पनि ओहायोले ठूलो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । उनले त्यसअघि नै एक्टनलाई फोन गरेर बधाई सन्देश दिएको पनि जानकारी दिए ।

    निर्वाचनको अन्तिम समयमा रामास्वामीले सार्वजनिक गरेको एउटा राजनीतिक विज्ञापनले विवाद सिर्जना गरेको थियो । उक्त विज्ञापनमा एक्टनकी अलग्गिएर बसेकी आमाले उनलाई झुट बोलेको आरोप लगाएकी थिइन् । त्यसपछि एक्टनले व्यापक समर्थन पाएकी थिइन् भने रामास्वामीको आलोचना भएको थियो ।

    एक्टनले करिब ५१ प्रतिशत मत प्राप्त गरेर जित हासिल गरेकी छन् भने रामास्वामी करिब ४६ प्रतिशत मत प्राप्त गरेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।