सुरज श्रेष्ठ, बिरगंज । सशस्त्र प्रहरीले १४ किलो प्रतिबन्धित लागु औषध गाजा सहित तिन जना महिलालाई नियन्त्रणमा लिएको छ ।
बिरगंज महानगरपालिका वडा नं. १३ सोलकपुरस्थित जितपुर रङ्गपुर सडक खण्डमा विशेष सूचनाको आधारमा सुरक्षा बेश बेलवाबाट खटिएको चेक प्वाइन्ट टोलीले तिन जना महिलालाई पक्राउ गरेको प्रहरी जनाएको छ ।
मनवाबाट जितपुरतर्फ जाँदै गरेका महिलाहरुको साथबाट १४ किलोग्राम प्रतिबन्धित लागु औषध गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका निवासी ३६ वर्षीय उसमा देवी, सोही ठाउँकी ४२ वर्षीय आरती देवी र सोही ठाउँकी ४० वर्षीय अनन्ती देवी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology