बुटवल । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको सातौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१÷०२२ का अध्यक्ष नबिन आर्याल ले वर्ष ०२२÷०२३ का अध्यक्ष माधव पराजुली लाई पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा वर्ष २०२१-०२२ का अध्यक्ष नबिन आर्यालले बर्षभरि साामजिक काममा लाग्न क्लबलाई सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद दिएका छन् । विगत देखि प्रदान गर्दै आइरहेको "टोकन अफ लभ" कार्यक्रमलाई स्थगित गरि यो बर्ष महाबिर पुन नेतृत्वको सामाजिक संस्था राष्ट्रिय आविस्कार केन्द्र लाई रु. १५ हजार प्रदान गरिएको अर्यालले बताए, सामाजिक कार्यको सुरुवातमा साथ दिने सम्पूर्णलाई उनले धन्यवाद समेत प्रकट गरेका छन् ।
उनले यो वर्ष भरि गरिने निर्देशिका अनुसार लगभग सबै कामहरु सम्पन्न गरेको बताए । कोभिड १९को कारण केहि कामहरु गर्न छुटेको बताउदै आगामी बर्ष यसलाइ निरन्तरता दिदै जानुपर्ने उनको भनाई छ।
वर्ष २०२२-०२३ का अध्यक्ष माधव पराजुलीले विगत देखि नै क्लवले सामाजिक क्षेत्रमा निरन्तर कामहरु गर्दै आईरहेको बताउदै गएको वर्ष बाकि रहेका केहि कामहरुलाई निरन्तरता दिदै अगामी बर्ष पनि क्ललाई थप उचाइमा पुराउने गरि लाग्ने बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीले रोट्रयाक्ट क्लवहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउँदै क्लबले बिगतदेखि नै सामाजिक क्षेत्रमा अनाथ, असाय ,अपांगहरुको लागि महत्वपूर्ण कामहरु गदै आएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि लक्ष्मण खरेल, मोहन न्यौपाने, राजेन्द्र ढ़काल, बिष्णु भण्डारी, सनराइज़ बैंक प्रदेश ५ प्रमुख सुनील मंडल सिद्धबाबा हस्पिटलका प्रशासकीय प्रमुख प्रकाश न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम बर्ष २०२१/०२२ अध्यक्ष नविन आर्याल र वर्ष २०२२/०२३ का अध्यक्ष माधव पराजुली को संयुक्त अध्ययता तथा प्रकाश पौडेल र मोहन खत्रीको संयुक्त संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology