Logo

२०८३, कार्तिक १६गते


images
images

राष्ट्रसंघको महासचिवमा टर्कीले अघि सार्‍यो पूर्व विदेशमन्त्री

राष्ट्रसंघको महासचिवमा टर्कीले अघि सार्‍यो पूर्व विदेशमन्त्री

images
  • राष्ट्रसंघको महासचिवमा टर्कीले अघि सार्‍यो पूर्व विदेशमन्त्री
    images
    images

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्कीले आफ्ना पूर्व विदेशमन्त्री फेरिदुन सिनिरलियोग्लूको नाम प्रस्ताव गरेको छ । 

    images
    images
    images

    सरकारी सञ्चारमाध्यमका अनुसार टर्कीले औपचारिक रूपमा उनको नाम अघि सारेको हो । उनको उम्मेदवारीलाई टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानको समर्थन रहेको छ ।

    images
    images
    images

    ७० वर्षीय सिनिरलियोग्लू सन् २०१५ मा केही महिनाका लागि टर्कीका विदेशमन्त्री बनेका थिए । त्यसपछि सन् २०१६ देखि २०२३ सम्म उनले संयुक्त राष्ट्रसंघका लागि टर्कीका राजदूतका रूपमा काम गरेका थिए । हाल उनी भियनास्थित युरोपमा सुरक्षा तथा सहयोग संगठनका महासचिव छन् । उनको वर्तमान कार्यकाल सन् २०२७ को डिसेम्बरमा सकिँदैछ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसको करिब १० वर्षे कार्यकाल पूरा भएपछि नयाँ महासचिव नियुक्त हुनेछन् । इरान, युक्रेन र गाजामा जारी द्वन्द्वका बीच संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला नयाँ महासचिव चयन हुन लागेको हो । आर्थिक सङ्कटका कारण संस्थाले मानवीय सहायता र विकास कार्यक्रमसमेत कटौती गर्नुपरेको छ ।

    संयुक्त राष्ट्रसंघको महासचिव चयनमा १५ सदस्यीय सुरक्षा परिषद्को महत्त्वपूर्ण भूमिका हुन्छ । परिषद्का पाँच स्थायी सदस्य अमेरिका, रुस, चीन, बेलायत र फ्रान्ससँग निषेधाधिकार अर्थात् भिटो प्रयोग गर्ने अधिकार छ । सुरक्षा परिषद्ले सिफारिस गरेपछि संयुक्त राष्ट्रसंघको १९३ सदस्यीय महासभाले अन्तिम स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

    टर्कीका राष्ट्रपति एर्दोगानले लामो समयदेखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् पुनर्संरचनाको माग गर्दै आएका छन् । उनले पाँच स्थायी सदस्यको प्रभाव र वर्चस्वको आलोचना गर्दै आएका छन् । त्यसैले सिनिरलियोग्लूको उम्मेदवारीलाई पनि सुरक्षा परिषद् सुधारको यही मुद्दासँग जोडेर हेरिएको छ । तर उनको उम्मेदवारीको बाटो सहज नहुने देखिएको छ । टर्कीको छिमेकी मुलुक ग्रिसले उनको उम्मेदवारीप्रति असहमति जनाउन सक्ने अनुमान गरिएको छ । ग्रिस हाल सुरक्षा परिषद्को निर्वाचित सदस्य हो । यसैगरी इजरायलबाट पनि विरोध हुन सक्ने सम्भावना औँल्याइएको छ ।

    गुटेरेसको स्थान लिन सिनिरलियोग्लूसहित अन्य उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । समाचारअनुसार यस पदका लागि थप सात जनाले उम्मेदवारी दिएका छन् । संयुक्त राष्ट्रसंघको शीर्ष पदमा क्षेत्रीय प्रतिनिधित्वलाई पालैपालो अवसर दिने अनौपचारिक परम्पराअनुसार यसपटक ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रका उम्मेदवारले पनि अवसर पाउन सक्ने सम्भावना छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।