देवदह । रुपन्देहीको देवदहमा मजदुरमाथि कुटपिट गरेको आरोप लगाइएका हरि कुमार तामाङले आफु कुटपिटमा संलग्न नभएको बताएका छन् । बिहिवार सेतोमसीमा प्रकाशित समाचारलाई खण्डन गर्दै तामाङले आफु मजदुरलाई सहयोग गर्न गएको तर फसाउने नियतले कुटपिटको आरोप लगाइएको बताए ।
'मजुदर बस्ने ठाउँमा विजुली नभएको थाहा पाएपछि विजुली जोडेर उनीहरुलाई सहयोग गर्न हामी गएका थियौं ।' तामाङले भने, 'सो क्रममा एकजना मजदुरले अत्यधिक मधिरापान गरी स्थानीय चेलीलाई जिस्काएको पाइएपछि उनलाई मसंगै गएका अरु युवाले सम्झाउने क्रममा सामान्य विवाद भएको हो र मिलापत्र गरि हामी त्यहाँबाट निस्किएका हौँ, तर मलाई फसाउने नियतले घटनालाई बंगाइयो ।'
तामाङले आफु वैदेशिक रोजगारको सिलसिलामा लामो समय कोरियामा श्रमिककै रुपमा काम गरेको हुनाले पनि श्रम र श्रम गर्ने मजदुरलाई सधै सम्मान गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology