Logo

२०८३, कार्तिक ९गते


images
images

अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग

अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग

images
  • अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरंग
    images
    images

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको बताएपछि राजनीतिक वृत्तमा विवाद भएको छ ।

    images
    images
    images

    भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै डा. वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने र आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताएका थिए । 

    images
    images
    images

    उनको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आपत्ति जनाएका छन्। उनीहरूले भारतसँग सीमा, डुबान र नाकाबन्दीजस्ता विषयमा नेपालको हितका लागि आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको तर्क गरेका छन्। 

    images
    images
    images

    बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा हुने वा नहुने बारे समेत प्रश्न गरेका छन् । उनले लेखेका छन्, 'अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने? मनरो डक्ट्रिन अर्थमन्त्रीको भनाइले त्यो राष्ट्रघात हुन्छ। धन्न ग्रेटर नेपालको नक्सा टाँग्ने प्रम छन्। र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो ।'

    त्यसैगरी राप्रपा नेता कमल थापाले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका छन् । उनले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभएको उल्लेख गर्दै राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने तर्क गैरजिम्मेवार भएको बताएका छन् ।

    थापाले लेखेका छन्- 'नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।'

    उनले सीमासम्बन्धी विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन् । थापाले वाग्लेको अभिव्यक्ति विगतमा उनले अघि सारेको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित छ कि भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्- 'के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन ? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो ?' 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।