Logo

२०८३, कार्तिक ८गते


images
images

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

images
  • नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि
    images
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । शनिबार दिउँसो २: ३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

    images
    images
    images

    ज्वालाका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको सम्बोधन कार्यक्रम रहेको छ । असोज २३ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गरेको थियो ।

    images
    images
    images

    अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने जनाइएको छ ।

    images
    images
    images

    त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ । जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ । स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको छ ।

    त्यस्तै बैठकमा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइएको छ । पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने तथा प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।