Logo

२०८३, आश्विन ११गते


images
images

आषाढ शुक्ल एकादशी : तुल्सी रोप्ने दिन, आज के गर्ने, के नगर्ने ?

आषाढ शुक्ल एकादशी : तुल्सी रोप्ने दिन, आज के गर्ने, के नगर्ने ?

images
  • आषाढ शुक्ल एकादशी : तुल्सी रोप्ने दिन, आज के गर्ने, के नगर्ने ?
    images
    images

    काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । 

    images
    images
    images

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।सनातन वैदिक परम्परा अनुसार तुलसीलाई 'भगवान विष्णु' को प्रतीकका रुपमा मानिन्छ ।

    images
    images
    images

    आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना 'भगवान् विष्णु' क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउउछन् ।

    images
    images
    images

    'भगवान् विष्णु' शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । 

    सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत लुम्बिनी प्रदेशको रिडि, त्रीवेणीधाम, चितवनको देवघाट आदि स्थानमा र विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।

    एकादशीकामा दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।