Logo

२०८३, कार्तिक २५गते


images
images

भेरी करिडोर

भेरी करिडोरको दुनै–लासिक्याप सडकमा ६० प्रतिशत प्रगति

भेरी करिडोरको दुनै–लासिक्याप सडकमा ६० प्रतिशत प्रगति

images
  • भेरी करिडोरको दुनै–लासिक्याप सडकमा ६० प्रतिशत प्रगति
    images

    काठमाडौँ । रुग्ण अवस्थामा रहेको भेरी करिडोरअन्तर्गत दुनै–लासिक्याप सडक खण्डको निर्माणमा उल्लेख्य प्रगति भएको छ । यस सडक खण्डमा अहिले ट्र्याक खोल्ने काममा ६० प्रतिशत प्रगति भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयको अनुगमन र पहलपछि सडक निर्माणका क्रममा देखिएको विस्फोटसम्बन्धी समस्या समाधान भएको छ । करिडोरको अन्तिम प्याकेजअन्तर्गत लासिक्याप-सिसैल खण्डको निर्माणसमेत सुरु भएको छ । यसैगरी, काम अघि बढ्न नसकेका तल्लुबगर-त्रिवेणी र त्रिवेणी-चुगाड सडक खण्डको मन्त्रालयले निरीक्षण गरी निर्माण प्रक्रिया अघि बढाएको छ ।

    images
    images
    images

    करिडोरअन्तर्गत पुल निर्माणमा पनि प्रगति भएको छ। यसअघि कुनै प्रगति नभएको तर्ता खोलाको पुलको तल्लो संरचना निर्माण सम्पन्न भएको छ । नलगाड र झिम्री खोलाका पुलमा एक भागको खम्बा निर्माण सकिएको छ भने बीचको भागमा जग खन्ने काम भइरहेको छ। माइदे र तासु खोलामा पनि पुल निर्माणका लागि जग खन्ने काम अघि बढेको मन्त्रालयले जनाएको छ ।

    images
    images

    डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लालाई जोड्ने रणनीतिक महत्त्वको भेरी करिडोर निर्माण समयमै सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेरी करिडोर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।