रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको म.प्र. ०३-००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको बसले स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology