Logo

२०८३, आश्विन २३गते


images
images

उखु किसानलाई राहत

उखु किसानलाई १ अर्ब ५० करोड अनुदान रकम वितरण गरिदै

उखु किसानलाई १ अर्ब ५० करोड अनुदान रकम वितरण गरिदै

images
  • उखु किसानलाई १ अर्ब ५० करोड अनुदान रकम वितरण गरिदै
    images
    images

    काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम दिने भएको छ ।

    images
    images
    images

    उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि मन्त्री गीता चौधरीले स्वीकृत गरेकी छन् ।

    images
    images
    images

    आर्थिक वर्ष २०८३।८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिने मन्त्रालयले बताएको छ ।

    images
    images
    images

    उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    सरकारले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उखु किसान
  • # उखु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।