Logo

२०८३, आश्विन २२गते


images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

images
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
    images
    images

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

    images
    images
    images

    मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्। बुधबार बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा घाइते श्रेष्ठलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा जाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान ल्याउने तयारी भइरहेको छ । मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।