देवदह । देवदह सामुदायिक विद्यालय परिवारले चार जना पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ ।
महामाया भवानी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा अनिवार्य उमेर हदका कारण अवकाश भएका शंकर आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक रुपनारायण चौधरी तथा देवदह नगरपालिकाको विद्यालय ‘मर्च’बाट अन्यत्र सरुवा भएका पूर्व प्रधानाध्यापकहरू मिना ज्ञवाली, वासुदेव काफ्ले र शान्ता भुसाललाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख परशुराम ढकाल, वडा अध्यक्ष दमननाथ रेग्मी, रुपनारायण चौधरी, निर्मल ढुंगाना लगायतले विचार राखेका थिए ।
सामुदायिक विद्यालय परिवारका अध्यक्ष ऋषिश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रमको स्वागत युगज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमलाल अर्याल तथा सञ्चालन सामुदायिक विद्यालय परिवारका सचिव गोविन्दप्रसाद भुसालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology