Logo

२०८३, मंसिर १०गते


images
images

स्वास्थ्य

जटिल प्रसूति समस्या भएपछि धादिङबाट २४ वर्षीया महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि धादिङबाट २४ वर्षीया महिलाको हवाई उद्धार

images
  • जटिल प्रसूति समस्या भएपछि धादिङबाट २४ वर्षीया महिलाको हवाई उद्धार
    images

    धादिङ । धादिङको गंगाजमुना गाउँपालिका-५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

    images
    images
    images

    जटिल प्रसूति समस्या सिर्जना भई उनको ज्यान जोखिममा परेको अवस्थामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो ।

    images
    images

    हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ल्याइएको छ। हाल उनको आवश्यक उपचार भइरहेको छ ।

    images

    दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्‍याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    समयमै उद्धार, सुरक्षित मातृत्व र जीवनरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रमले जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउँदै आएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रसूति
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।