Logo

२०८३, श्रावण २७गते


images
images

भारी बर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्यो, केही वस्तीलाई अलर्ट रहन अनुरोध 

भारी बर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्यो, केही वस्तीलाई अलर्ट रहन अनुरोध 

images
  • भारी बर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्यो, केही वस्तीलाई  अलर्ट रहन अनुरोध 
    images
    images

    काठमाडौं । मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ ।  

    images
    images
    images

    १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।
     
    यस्तै मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए । यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ । सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएका छन् । आज राती कम पानी परेको कारण हिजो विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बिहानदेखि पुनः पानी पर्न सुरु गरेको छ ।  

    images
    images
    images

    यता, सुनसरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएअनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजो भन्दा बढेको छ । हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी नाम गरिएको थियो । अहिले बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिएको छ ।  

    images
    images
    images

    प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईले दिएको जानकारी अनुसार प्रदेश १ को उदयपुरको चौदण्डीगढी, धनकुटाको केही भित्री सडक तथा सुनसरीको वराहक्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ । अहिलेसम्म प्रदेशमा ५ सय घर परिवार विस्थापित भएको र पुनःस्थापित गराउने पहल भइरहेको उनले बताए । 

    विपद् व्यवस्थापनको तयारी के छ ? 
    प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीका अनुसार प्रदेश १ सरकारले विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन सबैलाई सचेत गराएको छ । ‘स्थानीय तह, सुरक्षा निकाय, विपद् व्यवस्थापनमा काम गर्दै आएका रेडक्रस लगायतका संघ संस्थालाई तयार रहन भनिएको छ,’ कार्कीले भने, ‘विपद् व्यवस्थापनका लागि सबै जिल्लामा दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने र आवश्यक सूचना लिने काम भइरहेको छ ।’  

    यसअघि पनि प्रदेश सरकारले प्रत्येक जिल्लामा पुगेर दैवी प्रकोप उद्धार समितिको बैठक राखेर आवश्यक तयारी गरेको उनले बताए । प्रत्येक जिल्लामा बाढी तथा पहिरोको जोखिम क्षेत्रको नक्साङ्कन गर्ने, उनीहरुलाई अलर्ट गराउने, जोखिममा रहेका वस्तीलाई स्थानान्तरण गर्ने, उद्धार र राहतको व्यवस्थापन गर्ने, विपद् पछाडि विस्थापित भएकाको छिटो पुनःस्थापना, राहत र क्षतिपूर्तिको पहल गर्ने गरी काम अगाडि बढेको कार्कीको भनाइ छ ।  

    यस्तै विपद्को जोखिम क्षेत्रका वस्तीलाई स्थानान्तरण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा नयाँ वस्ती पनि निर्माण गरिने उनले बताए । ‘यो पटक हामीले नयाँ ढंगले गर्न कोशिष गरेका छौं, विपद् व्यवस्थापनका लागि आवश्यक कोष निर्माण गरेका छौं, सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ,’ कार्कीले भने, ‘त्रिपाल र खाद्यान्नलगायतका अति आवश्यक सामाग्रीको जोहो गर्न खाद्य संस्थान र साल्ट टेडिङलगायतलाई निर्देशन गरिएको छ ।’ 

    बाढीका कारण विस्थापित भएका मोरङका पीडितलाई हिजो पनि त्रिपाललगायत राहत सामाग्री वितरण गरिएको छ । यसअघि ताप्लेजुङमा गएको पहिरोमा परेकाहरुलाई तुरुन्तै उद्धार र राहतको व्यवस्थापन गरिएको छ । ‘सकेसम्म सानातिना उद्धार र राहतको कार्यक्रम स्थानीय तहले गर्छ, स्थानीय तहले नसकेको खण्डमा हामी राहत र उद्धारको काम गर्छौं,’ कार्कीले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झापा
  • # मोरङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।