काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ । क्षतिग्रस्त घर तथा संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिनुपरेमा निःशुल्क नयाँ मिटर उपलब्ध गराइनेछ ।
बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई थप महसुल छुट वा सहुलियत दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन् ।
प्राधिकरणले अध्ययनका आधारमा यसै साता थप राहतको टुंगो लगाउने तयारी गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology