Logo

२०८३, श्रावण २७गते


images
images

प्रतापपुर गाउपालिकाद्रारा नीति तथा कार्यक्रम सार्वजनिक

प्रतापपुर गाउपालिकाद्रारा नीति तथा कार्यक्रम सार्वजनिक

images
  • प्रतापपुर गाउपालिकाद्रारा नीति तथा कार्यक्रम सार्वजनिक
    images
    images

    प्रकाश न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    images
    images
    images

    गाउँपालिकाको १२ औं गाउँसभामामा ‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’भन्ने मुल नाराकासाथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर गाउपलिका अध्यक्ष उमेशचन्द्र यादवले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । 

    images
    images
    images

     गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तारगर्दै केरा र उखुको बिउबिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। कृषिमा युवा विशेष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषक परिचयपत्र उपलब्ध गराइने अध्यक्ष यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

    images
    images
    images

    स्वास्थ्यतर्फ १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिदै आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ। ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने उल्लेख छ।

    शिक्षातर्फ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने छ। भने १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतापपुर गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।