Logo

२०८३, श्रावण २७गते


images
images

विदेशी बुहारीलाई तुरुन्तै नागरिकता नदिने भन्दा तराईका युवाको बिहे हुनै छाड्यो : नेता अनिल झा

विदेशी बुहारीलाई तुरुन्तै नागरिकता नदिने भन्दा तराईका युवाको बिहे हुनै छाड्यो : नेता अनिल झा

images
  • विदेशी बुहारीलाई तुरुन्तै नागरिकता नदिने भन्दा तराईका युवाको बिहे हुनै छाड्यो : नेता अनिल झा
    images
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    ‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

    images
    images
    images

    नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसाग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ । ‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ ? राज्यले त्यसको व्यवस्था के गर्न सक्छ ?’ नेता झा को सरकारलाई प्रश्न छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ । ७ बर्षसम्म राजनीतिक अधिकार बाहेकको अधिकार प्राप्त गर्ने गरी आवासीय अनुमति पत्र दिने व्यवस्था पनि छ । यो व्यवस्था सहितको नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा छ ।

    नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकलाई अगाडि बढाउने तयारी सरकारले गरिरहेका बेला नेता झाले नागरिकता विधेयकलाई जतिसक्दो छिटो टुंग्याउनुपर्ने बताएका छन् । तर, उनले विदेशी बुहाीलाी ७ बर्षपछि मात्रै नागरिकता दिने प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनिल झा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।