Logo

२०८३, आश्विन १०गते


images
images

देवदह बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता

देवदह बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता

images
  • देवदह बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता
    images
    images

    देवदह ।  देवदह बुद्ध पब्लिक स्कूलले विद्यार्थीबीच राखी बनाउने प्रतियोगिता सम्पन्न गरेको छ । जनैपूर्णिमाको अवसर पारेर बिहिबार प्रतियोगिता संचालन गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    विद्यार्थीको सिर्जनशीलता र कलात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले बताए  ।

    images
    images
    images

    प्रतियोगितामा कक्षा ४ र ५ का विद्यार्थी प्राथमिक, कक्षा ६ र ७ का विद्यार्थी निम्न माध्यमिक तथा कक्षा ८ र ९ का विद्यार्थी माध्यमिक तहमा सहभागी थिए । प्रि–प्राइमरीतर्फ रक्षासूत्रको चित्रमा रङ भर्ने प्रतियोगिता सञ्चालन गरिएको थियो ।

    images
    images
    images

    विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक, सांस्कृतिक तथा सिर्जनात्मक ज्ञान प्रदान गर्दै आएको बताए । यस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभा र कलालाई निखार्न सहयोग पुग्ने उनको भनाइ छ ।

    प्रतियोगितामा विद्यार्थीले आफ्नै सामग्री प्रयोग गरी समूहमा राखी निर्माण गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।