Logo

२०८३, आश्विन १०गते


images
images

बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान आग्रह

बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान आग्रह

images
  • बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान आग्रह
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सम्बन्धित सबैमा अपिल गरेको छ ।

    images
    images
    images

    विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाले देखाएको तत्परता सराहनीय रहेको जनाउँदै सचिवालयले पूर्वसमन्वयविना प्रभावित क्षेत्रमा जाने क्रमले उद्धार तथा राहत कार्यमा थप समस्या सिर्जना गरेको जनाएको छ ।

    images
    images
    images

    सानो निजी सवारी साधनमा थोरै-थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम सिर्जना भएको सचिवालयले जनाएको छ । यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न कठिन भएको तथा नेपाल सरकारका मुख्य उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारी साधनसमेत समयमा गन्तव्यमा पुग्न नसकेको जनाएको छ ।

    images
    images
    images

    पूर्वतयारी र समन्वयविना जोखिमयुक्त भूगोलमा पुग्दा राहत वितरणमा खटिने व्यक्तिको सुरक्षामा समेत जोखिम बढेको सचिवालयको भनाइ छ । सचिवालयले भनेको छ- 'वास्तविक पीडितसम्म शीघ्र राहत पुर्‍याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोकी सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह गर्दछौँ ।'

    सचिवालयले अबदेखि राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने नागरिक तथा संस्थाले अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई सम्बन्धित स्थानमा पुर्‍याउने एकीकृत व्यवस्था मिलाउने सचिवालयले जनाएको छ ।

    सद्भाव र सहयोगको भावनाको सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत सामग्री उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।