Logo

२०८३, आश्विन १०गते


images
images

तटीय क्षेत्रमा सतर्क रहन अपिल

चीनले दियो सीमाको ताल फुटेको सुचना, बाढीको खतरा बढ्यो

चीनले दियो सीमाको ताल फुटेको सुचना, बाढीको खतरा बढ्यो

images
  • चीनले दियो सीमाको ताल फुटेको सुचना, बाढीको खतरा बढ्यो
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेको जानकारी चीनले दिएको छ । अस्थायी ताल फुटेको सूचना नेपालले पाएपछि उद्धार कार्य रोकिएको छ ।

    images
    images
    images

    चिनियाँ पक्षका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको हो । 

    images
    images
    images

    यसैबीच रसुवातर्फबाट पुनः बाढी आएको सूचना प्राप्त भएपछि नुवाकोट प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रहरीले विदुरलगायत क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई नदी तथा खोलानजिक नजान र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । 'फेरि बाढी आएको सूचना आएको छ। नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला' प्रहरीले माइकिङ गर्दै भनेको छ।

    images
    images
    images

    भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो । अहिले पुनः बाढीको जोखिम देखिएपछि नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।