Logo

२०८३, आश्विन ९गते


images
images

राजकुमार ह्यारी र मेगन बेलायत फर्किँदै

राजकुमार ह्यारी र मेगन बेलायत फर्किँदै

images
  • राजकुमार ह्यारी र मेगन बेलायत फर्किँदै
    images
    images

    काठमाडौँ । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन अमेरिका छाडेर बेलायत फर्किने तयारीमा रहेका छन् ।

    images
    images
    images

    बिबिसीका अनुसार उनीहरू यही महिनाको अन्त्यतिर लन्डनबाहिरको निजी गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका सन्तान राजकुमार आर्ची सात वर्ष र राजकुमारी लिलिबेट पाँच वर्षले सेप्टेम्बरदेखि बेलायतको विद्यालयमा अध्ययन सुरु गर्ने भएकाले उनीहरु फर्किन लागेको बताइएको छ ।

    images
    images
    images

    राजा चार्ल्सलाई उनीहरूको बेलायत फर्किने योजनाबारे आइतबार जानकारी दिइएको छ । राजाले निजी र पारिवारिक रूपमा परिवारसँग थप समय बिताउन पाउने अवसरको स्वागत गरेको बताइएको छ । राजकुमार विलियम र राजकुमारी क्याथरिनलाई पनि योजनाबारे जानकारी दिइएको छ ।

    images
    images
    images

    तर ह्यारी र मेगनले राजपरिवारका सक्रिय सदस्यको भूमिका पुनः सम्हाल्ने कुनै योजना नरहेको बताइएको छ । उनीहरू निजी व्यक्तिकै रूपमा रहनेछन् ।

    ह्यारी र मेगनले सन् २०२० मा राजकीय जिम्मेवारी छाडेर अमेरिकाको क्यालिफोर्निया बसाइँ सरेका थिए । त्यसयता राजपरिवारसँगको सम्बन्धमा तनाव रहँदै आएको थियो । गत जुलाईमा ह्यारीले आफ्ना बुबा राजा चार्ल्सलाई ग्लोसेस्टरशायरस्थित निवासमा भेटेका थिए । उक्त भेट चार वर्षभन्दा बढी समयपछि राजाले आफ्ना नातिनातिनालाई प्रत्यक्ष भेटेको पहिलो अवसर थियो ।

    बेलायत फर्किने क्रममा सुरक्षा व्यवस्था भने मुख्य विषय बन्ने देखिएको छ । ह्यारीले यसअघि सुरक्षा चिन्ताका कारण पत्नी र सन्तानसहित बेलायत आउन नसकेको बताएका थिए । गत वर्ष बेलायतमा आफ्नो सुरक्षा व्यवस्था घटाइएको निर्णयविरुद्ध गरेको कानुनी चुनौतीमा उनी पराजित भएका थिए ।

    ह्यारी अर्को वर्ष बर्मिङ्घममा हुने घाइते सैनिक तथा पूर्वसैनिकका लागि आयोजित खेलकुद कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।